Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु

असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु

  • एजेन्सी । असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ। बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । 
     
    प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएको जनाइएको छ । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २ सय ४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । 

    images
    images
    images

    बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यी जिल्लामा २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। होजाई जिल्लामा फसेका २ हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ। 

    बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ। बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ। 

    यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ। अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो २ दिनदेखि प्रभावित छन्। 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij