Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

स्थानीय नेता कार्यकर्ताको भावना अनुरुप गठबन्धन

स्थानीय नेता कार्यकर्ताको भावना अनुरुप गठबन्धन

  • काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रत्येक पार्टीको अस्तित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्ने बताए । उनले स्थानीय नेता कार्यकर्ताको भावना अनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताए ।

    images
    images
    images

    स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीय स्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका हुन् ।

    बुढानिलकण्ठ नगरपालिका–१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले भने ‘प्रत्येक पार्टीको अस्तित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ । हामी भावनामा बग्नु हुँदैन । वैचारिक समीक्षा गर्नुपर्छ,’ । नेता महरले स्थानीय स्तरका नेता कार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन् । 

    कम्युनिस्ट सरकारले जनतालाई प्रताडित तुल्याएको कुरा जनताले भुल्न नसकेको बाताउँदै, गाउँगाउँ जाऔं, काँग्रेस जिताऔँ अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले बताएका छन् । उनले सो ‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली काँग्रेसमा प्रवेश गरेका समेत बताए  । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij