Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केबलकार दुर्घटनाः ३ जनाको मृत्यु

केबलकार दुर्घटनाः ३ जनाको मृत्यु

  • भारतको झारखण्डस्थित देवघरको त्रिकुट पहाडमा केबलकार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। त्रिकुट पर्वतमा एकैचोटि धेरै ट्रली यात्री बोकेर गन्तव्यतर्फ लागेपछि दुर्घटना भएको बताइएको छ।

    onlinepatrika
    Arghakhachi

    भारतीय समाचार अनुसार २६ वटा केबलकार एकसाथ गएको थियो। एकसाथ केबलकार जाँदा भार बढेको र दुई वटा केबलकार चुँडिएर खस्दा १२ जना घाइते भएका थिए। घटनामा परी २ जनाको मृत्यु भएको थियो।

    AGNI GROUP

    करिब २५०० फिट उचाईमा ३ वटा केबलकार अड्किँदा ४७ जना फसेका थिए। उनीहरुलाई भारतीय वायुसेनाले हेलिकप्टरमार्फत उद्धार जारी राखेका छन्।

    सेना, वायुसेनालगायतको टिमले १२ घण्टामा ३३ जनाको उद्धार गरेका थिए। उद्धारको क्रममा सेफ्टी बेल्ट चुँडिएपछि एकजनाको खसेर मृत्यु भएको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij