Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता सहित ३ जना सिफारिस

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता सहित ३ जना सिफारिस

  • काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ। सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले टेलिकमको निर्देशकमा ३ जनाको नाम सिफारिस गरेको छ । 

    images
    images
    images

    संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि मन्त्रिपरिषद्मा सिफारिस भएको सञ्चार मन्त्रालयले जनाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरु ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस मध्ये पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल सुचना प्रविधि केन्द्रमा कार्यरत छन्।

    सिफारिस भएका ३ जनामध्ये सबैभन्दा सिनियर पहाडी हुन् । उनी टेलिकमकमा लामो समयदेखि सेवामा रहेकी छन् । व्यवसायिक व्यवस्थापन क्षमतामा उनी अब्बल मानिन्छन् । टेलिकमको सेवा निष्ठावान, क्षमतावान, सबै कर्मचारीको भावना अनुसार चल्न सक्ने र सबैलाई मिलाएर कबाम गर्न सक्ने क्षमता भएकी उनलाई सबै कर्मचारीले राम्रो मान्छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij