Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सरकारले यस वर्षदेखि  ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने 

सरकारले यस वर्षदेखि  ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने 

  • काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीलेलाई जानकारी दिए । 

    images
    images
    images

    ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो)लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो । यही सातासम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने समितिले जनाएको छ । 

    सरकारले आफैँ पहिलोपटक पात्रो प्रकाशन गर्न लागेको हो । सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने विश्वास गरिएको छ । समिति गठन आदेशबमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेश गरेको छ । 

    समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ । थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्तेपात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij