
May 19 2025 | २०८२, जेठ ५ गते
रामेछाप। रामेछाप नगरपालिका वडा नम्बर–८ मा महिला नेतृ पवित्रा श्रेष्ठले वडाध्यक्षमा दाबी गरेकी छन् । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) की नेतृ श्रेष्ठले वडाध्यक्षमा दाबी पेस गरेकी छन् ।
नेपाल संघीय संरचनामा गएपछि महिलाहरुलाई विभिन्न अवसर दिएको छ । तर, अहिले महिलालाई विषेश गरी उपपदमा राख्ने गरीन्छ । कार्यकारी पदमा थोरै मात्रामा महिलाहरु आएको अवस्थामा रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछापको वडाध्यक्षको लागि श्रेष्ठले अध्यक्षको दाबी गरेकी छन् । लामो समयदेखि श्रेष्ठ माओवादी आन्दोलनमा सक्रिय छन् ।
महिलाहरुलाई अवसर र सशक्तिकरणसँगै फेरि अर्को नयाँ खालको दमनको सैली देखिएको कारण आफूले कार्यकारी ठाउँमा बसेर महिलाले हरुले पनि गर्नसक्छन् भन्ने देखाउन चाहेको उनले बताइन् । सत्ता गठबन्धनदलले चुनावमा पनि गठबन्धन गर्ने भएसँगै अहिले धेरै स्थानीय तहमा महिलाले उपमेर वा उपाध्यक्षसमेत नपाउने सम्भावना रहेको छ । स्थानीय तहको यो निर्वाचनमा धेरै महिलालेहरुले संविधानमा गरिएको व्यवस्थाको समेत राजनीतिक कोपभाजनले प्रयोग गर्न नपाउने सम्भावना रहेको बेला श्रेष्ठले आफूलाई वडाध्यक्षको उम्मेदवारको रुपमा दाबी पेस गरेकी छन् ।
त्यस्तै, रामेछापमा माओवादी केन्द्रबाट सरोज कटुवाल, सुनिल रायमाझी, जीतबहादुर तामाङले पनि दाबी पेस गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij