
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई अधिकार माओवादीले नै दिएको बताएका छन् ।
महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सकियो भनिए पनि झन् बलियो हुँदै गएको बताउँदै सबैलाई अधिकार माओवादीले नै दिएको र माओवादीले देशलाई संकटबाट मुक्त गरेको, विकासको थालनी पनि माओवादीले गरेको बताए ।
अध्यक्ष प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक ७ प्रतिशत पुगाएको बताउँदै उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानु पर्ने बताए ।
उनले अबको स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रलाई विजय गराउनु पर्ने बताउँदै माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने पनि उनले बताए ।
यस्तै उनले प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको बताउँदै प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने पनि बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij