
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नै नरहेको बताएका छन् ।
आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राख्दा अध्यक्ष नेपालले एकताको सम्भावना नै नरहेको बताएका हुन् ।
उनले पाँच दलबीच तालमेल हुने भएपछि जनतामा उत्साह थपिएको र जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताए । वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको र निन्द्रा हराम भएको उनको भनाइ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij