
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् ।एयर इण्डियाको जहाजमार्फत् बनारस पुगेका देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका हुन् ।
पत्नि आरजु राणा देउवसहित गत शुक्रबार तीन दिने औपचारिक भ्रमणमा भारत गएका देउवाले आज बनारसमा विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । यसपछि बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।
उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij