
May 19 2025 | २०८२, जेठ ५ गते
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगर समितिले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिकाको उपमेयरको लागि ३ जनाको दाबी रहेको जनाएको छ । माओवादी केन्द्र रामेछाप नगर समितिको अनुसार अहिले माओवादीबाट उपमेयर बन्न २ जनाले दाबी गरेको बताए ।
नगरपालिकाको उपमेयरमा दाबी गर्ने माओवादी केन्द्र रामेछाप नगर समितिको उपाध्यक्ष राम बिष्णु बस्नेत र माओवादी केन्द्र रामेछाप काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष इन्द्रमाया घिमिरे रहेका छन् । बस्नेतले पहिले मेयरको दाबी गरेपनि पछि मेयरको दाबी छोडेर उपमेयरमा दाबी गरेका हुन् ।
लामो समयदेखि मओवादी आन्दोलनमा प्रत्यक्ष रुपमा जोडिदै आएकी घिमिरेले आफूले पहिलेदेखि नै उपमेयरको दाबी गरिरहेकी छन् । उनी र उनका सम्पूर्ण परिवार माओवादी आन्दोलनमा युद्धकालिन अवस्थादेखि नै रहँदै आएको छ ।
त्यस्तै नगर समितिको अर्की उपाध्यक्ष इन्दीरा बख्रेलले मेयर र उपमेयर दुबैमा दाबी गरेकी छन् । उनी २०७४ को स्थानीय निर्वाचनमा पनि उपमेयर उठेकि थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij