Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

बनारस पुगेर आज काठमाडौं फर्किदै प्रधानमन्त्री देउवा

बनारस पुगेर आज काठमाडौं फर्किदै प्रधानमन्त्री देउवा

  • काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । उनी काठमाडौं फर्किनुअघि उत्तर प्रदेशको बनारस जाने कार्यक्रम रहेको छ । 

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान ९ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

    images

    बनारसबाट ४ बजे नयाँदिल्ली फर्किएपछि देउवा सवा ४ बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ । भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij