Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भरतपुर महानगरमा स्मार्ट बत्ती जडान सुरु

भरतपुर महानगरमा स्मार्ट बत्ती जडान सुरु

  • चितवन । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा स्मार्ट बत्ती जडानको कार्य सुरु गरेको छ । पहिलो चरणमा महानगरपालिकाले मुख्य राजमार्ग र वाइपास क्षेत्रमा र दोस्रो चरणमा भित्री सडकमा स्मार्ट बत्ती जडान गर्ने तयारी अनुसार सडकमा स्मार्ट बत्ती जडान सुरु गरेको हो । । महानगरको मुख्य चोकमा रहेका ट्राफिक आइल्यान्ड हटाएर स्मार्ट लाइट जडान गर्ने काम सुरु गरिएको महानगरले जनाएको छ ।  उज्यालो सहर अभियानअन्तर्गत महानगरले स्मार्ट बत्ती जडान कार्य थालेको हो ।

    images
    images
    images

    सवारीको चाप हुने मालपोत चोक, हाकिमचोक, चौबिसकोठी, शहीदचोक, पुलचोकलगायतका स्थानमा स्मार्ट बत्ती जडानका लागि संरचना निर्माण सुरु भएको छ । नेपाल सरकारको योजनामा महानगरले काम सुरु गरेको हो । त्यस्तै चोरी तथा लुटपाट कम गर्न, दुर्घटना न्यूनीकरण गर्न, सहरी सौन्दर्य बढाउन र मानवमा खुसी दिनसमेत स्मार्ट बत्ती महत्वपूर्ण भएकाले स्मार्ट लाइट जडान गर्न लागिएको महानगरले जनाएको छ । 

    images

    भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालेको छ । अभियानअन्तर्गत ७८ दशमलव एक किलोमिटर सडक क्षेत्रमा १ हजार ९ सय ३३ बत्ती जडान गरिने छ। महानगरका अनुसार सडक बत्ती जडान गर्न निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएको छ । सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने महानगरले जनाएको छ । यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij