Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भारत भ्रमणमा प्रधानमन्त्री देउवाले तोडेका तीन परम्परा

भारत भ्रमणमा प्रधानमन्त्री देउवाले तोडेका तीन परम्परा

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार पहिलो राजकीय भ्रमण गर्र्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । 

    images
    images
    images

    नेपालको प्रधानमन्त्रीले पछिल्लो ४ वर्षमा गर्न लागेको  भारतको यो भ्रमणलाई महत्वको साथ हेरिएको छ । तर, भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन्। उनले विदेश भ्रमण जानुभन्दा पहिले स्वादेशमा गरिने परम्परालाई तोडेका छन् । साथै भारतमा उनले गर्ने कार्यक्रम र भेटघाटहरु कतीपय कुटनीतिक मर्यादा विपरितका छन् । 

    images

    उनले तोडेको पहिलो परम्परा हो–भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग गरिने छलफल। देउवा आज भारत भ्रमणमा जाँदैछन् । तर, अहिलेसम्म उनले पूर्वप्रधानमन्त्रीहरुसँग कुनै छलफल गरेका छैनन् । 

    यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको छ। छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर, यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन् ।

    प्रधानमन्त्री देउवाले यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा समेत जाने भएका छन् । यो उनले तोडेको दोस्रो परम्परा हो । यो परम्परा मात्र नभएर कुनीतिक मर्यादा विपरितका विषय पनि हुन् । 

    यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरु बताउँछन् ।

    भारत भ्रमण गर्ने वहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो–नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम । प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ ।

    तर, यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनेछैनन् । प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने भएकोले उक्त कार्यक्रममा सहभागी नहुने नेपाली सेनाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij