
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।
छलफलमा एमाले अध्यक्ष ओलीले राप्रपा महामन्त्री राणालाई स्थानीय निर्वाचनमा तालमेल गर्न प्रस्ताव गरेका छन् । महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्। सत्तागठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपछि ओलीले रााप्रपासँग चुनावी तालमेलको लागि प्रस्ताव गरेका छन् ।
भेटघाट स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको राप्रपाले जनाएको छ । स्थनीय निर्वाचनमा तालमेलको विषयमा एमाले र राप्रपा थप छलफलमा गर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij