Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

सेनाको सुरक्षामा जनक शिक्षामा मतपत्र छाप्न सुरु

सेनाको सुरक्षामा जनक शिक्षामा मतपत्र छाप्न सुरु

  • काठमाडौं । नेपाली सेनाको कडा सुरक्षा सहित निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय चुनावका लागि नमूना मतपत्र छाप्न सुरू गरेको छ। आयोगको आग्रहमा जनक शिक्षा सामग्री केन्द्रले नमूना मतपत्र छाप्न थालेको छ।

    images
    images
    images

    नेपाली सेनाको निगरानीमा बिहीबारदेखि नै मतपत्र छपाइ सुरू भएको छ। निर्वाचन अघि परीक्षण गर्नको लागि नमुना मतपत्र छाप्ने काम गरिएको हो। मतपत्र छपाइ स्थलमा सेनाका कर्णेलको नेतृत्वमा १ सय २० जना सेनाले सुरक्षा दिएका छन्।

    images

    स्थानीय चुनावका लागि २ करोड मतपत्र छाप्ने आयोगको तयारी छ। चुनावका लागि एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाता छन्।मतदाताभन्दा १५ प्रतिशत बढी मतपत्र छाप्ने आयोगको तयारी छ।

    आयोगले मतदान गर्ने मतपत्र भने वैशाख १५ अघि नै छापिसक्ने र ढुवानी गरिने बताएको छ। सडक नपुगेका ठाउँमा सेनाको हेलिकप्टरबाट मतपत्र लगिनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij