Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

७१ जिल्लामा भूमि आयोग गठन, ६ जिल्लामा कहिले ?

७१ जिल्लामा भूमि आयोग गठन, ६ जिल्लामा कहिले ?

  • काठमाडौं । सरकारले ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेपछि अहिलेसम्म ७१ वटा जिल्लामा आयोग गठन सम्पन्न भएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का ४, मधेशका ८, बागमतीका ५, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ८ र सुदूरपश्चिमका ७ जिल्लामा भूमि आयोगका अध्यक्ष तोकेपछि ७१ वटा जिल्लाले भूमि आयोगको अध्यक्ष पाएको छ।

    images
    images
    images

    भूमि आयोगका जिल्ला अध्यक्ष तोकिएकाहरू सत्तारूढ गठबन्धनभित्र रहेका दलका जिल्लास्तरीय नेताहरू रहेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोगका अध्यक्ष तोक्ने निर्णय गरेको थियो। योसँगै अब छ, जिल्लामा भूमि आयोगका अध्यक्ष तोक्न बाँकी रहेको छ । 

    images

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई बिहीबार नै सपथ खुवाइसकेका छन्।

    मन्त्री श्रेष्ठले जतिसक्दो छिटो काम गर्न नवनियुक्त अध्यक्षहरूलाई आग्रह गरेकी थिइन्। उनले केही समयभित्रै सुकुम्बासीलाई लालपूर्जा दिने गरी तयारी भइरहेको बताइन्। यसअघि सरकारले २८ जिल्लामा भूमि आयोग गठन गरेको थियो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij