Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

संसदीय व्यवस्थालाई सच्याउनुपर्ने 

संसदीय व्यवस्थालाई सच्याउनुपर्ने 


  • काठामाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसदीय व्यवस्थालाई सच्याउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याएर प्रत्यक्ष शासन प्रणालीमा जानुपर्ने बताएका हुन् ।

    images

    आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको बताउँदै उनले भने, ‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ । आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होइन ।’

    यस्तै  उनले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको र अहिले मुलुक अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको समेत बताए ।

    राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेका बताउँदै, अध्यक्ष भट्टराईले भने, ‘अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij