Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

माधव नेपालले जितेको क्षेत्रमा ६ वर्षदेखि सडक नबनेपछि उपमेयरको नेतृत्वमा सडक अवरुद्ध 

माधव नेपालले जितेको क्षेत्रमा ६ वर्षदेखि सडक नबनेपछि उपमेयरको नेतृत्वमा सडक अवरुद्ध 

  • काठमाडौं । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी–साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन्। उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुलसम्मको सडक खण्ड बन्द गरेका हुन् ।  

    images
    images
    images

    ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी–साखु सडकखण्ड अझै निर्माण सम्पन्न नभएपछि उपमेयर आफैले नेतृत्व गरेर सडक अवरुद्ध गरेको हो। उक्त सडकको धेरै ठाउँमा  मर्मत गर्दै छाडिएको छ। यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन्। 

    images

    यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ। जहाँबाट क्रमशः नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन्। 

    सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारिएको स्थानीयले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij