
May 19 2025 | २०८२, जेठ ५ गते
एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुससँग आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन्। मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग १ घन्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको सञ्चारमाध्यमहरुले जनाएको छ । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ। यसले मानिसहरूलाई रुस नियन्त्रित बर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिइने बताइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij