
May 19 2025 | २०८२, जेठ ५ गते
काडमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको र महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।
चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको बताउँदै, महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाट तालमेल गर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको जानकारी दिए ।
बिहीबार गठबन्धनको बैठक बोलाइएको जानकारी दिँदै उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ’ उनले भने, ‘काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij