
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । दक्षिण कोरियामा थप ९ हजार भन्दाबढी नेपाली कामदारका लागि भाषा तथा सीप परीक्षाको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले कामदारको छनौटका लागि सोमबार एक सूचना जारी गर्दै भाषा तथा सीप परीक्षाको आवेदन माग गरेको हो ।
यसअघि कोभिडका कारण रोकिएका गन्तव्य मुलुकहरूमा अब कामदार जाने काम पुरानै स्थितिमा फर्कन थालेको उनीहरूको दाबी छ । वैदेशिक रोजगारी शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा ६ हजार ९१३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७४१ जना गरि कूल ९ हजार ६५४ जना कामदार छनौटको लागि आवेदन माग गरिएको छ ।
कोरियन भाषा तथा सीप परीक्षाका लागि चैत्र १४ देखि २१ सम्म अनलाइनबाट आवेदन दर्ता गर्न सकिने र आवेदन शुल्क २४ अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ब्याङ्कमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कृषि र पशुपालन क्षेत्रमा आवेदन दिनेहरूका लागि वैशाख र जेठमा र उत्पादनमूलक क्षेत्रमा आवेदन दिनेहरूका लागि असार र भदौमा भाषा तथा सीप परीक्षा लिइने ईपीएस शाखाले जनाएको छ । नेपाल र कोरियाबीच श्रम सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा तथा सीप परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ ।
कोरोना महामारीका कारण कामदार लैजान कोरियाले २० महिना बन्द गर्दा यसअघि नै ईपीएस परीक्षा उत्तीर्ण गरेका करिब ८ हजार नेपाली कामदार कोरिया जाने पर्खाइमा छन् । महानिर्देशक पौडेलले कोरियामा होटेल क्वारेन्टिन बस्नुपर्ने मापदण्डका कारण अहिले हप्तामा १५० देखि २०० जना मात्रै गइरहेको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij