
May 01 2025 | २०८२, वैशाख १८ गते
नुवाकोट/ आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा भीम बहादुर बलामी पक्राउ परेका छन् । भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या पश्चात अभियुक्तले शवलाई घरभित्रै पत्करले छोपेर राखेको भन्ने खबर पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बलामीलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij