
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । रुसी सेनाले युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा बम प्रहारमा १७ जना घाइते भएका छन् । रुसको बम प्रहारले शिशुहरू राखिएको अस्पतालको चिकित्सा सुविधा नै ध्वस्त भएको छ । मारिउपोल सिटी काउन्सिलले मानव हताहती पुष्टि गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको बताएका छन् ।
उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भएको बताएका छन् ।
बालबालिका र नवजात शिशुहरुको भविष्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनि उनले आग्रह गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij