
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । विश्वमै पहिलो सुँगुरको मुटु प्रत्यारोपण गरेका अमेरिकी व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनको गत जनवरी ७ मा मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टिमले शल्यक्रिया गरी सुँगुरको मुटु प्रत्यारोपण गरेको थियो । बेनेटको स्वास्थ्य बिग्रिँदै गएर ८ मार्चमा मृत्यु भएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij