Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडाैँ । दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन्। बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्।
योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८.५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७.८३ प्रतिशत मत ल्याए।
६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ। कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन्। वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij