Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हवाई कारबाहीमा २१ तालिाबानी लडाकू मारिए

हवाई कारबाहीमा २१ तालिाबानी लडाकू मारिए

  • काबुल । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको नवा जिल्लामा तालिबानी लडाकूलाई लक्ष्य गर्दै सेनाद्धारा गरिएको एक हवाई कारबाहीमा परी २१ जना मारिएका यहाँको गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
      
    नवा जिल्लाको मोमेन खान क्षेत्रमा बुधबार एक सुरक्षा जाँचचौकीमा आक्रमणको लागि आएका तालिबान लडाकूसमूहमाथि हवाई कारबाही भएको जनाइएको छ । सैन्य विमानले गरेको यस कारबाहीमा परी २१ तालिबान आतङ्ककारी मारिनुको साथै अन्य नौ जना घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ ।
     
    यस कारबाहीको ठूलो मात्रामा हातहतियारसमेत नष्ट भएको सैनिक स्रोतले जानकारी दएको छ ।  तालिबान लडाकू समूहले भने यस कारबाहीको केही टिप्पणी गरेका छैनन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij