अमेरिकाको आयोवाको एक हाईस्कूल बाहिर गोली चलेको छ । गोली चल्दा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सीएनएनका अनुसार डेस मोइनेस शहरको पूर्वी हाईस्कूल बाहिर गोली चल्दा तीन व्यक्तिलाई चोट लागेको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार गोली चलाउनेहरु प्रहरी हिरासतमा छन् ।