Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

दक्षिण कोरियाद्वारा रुससँग बैंकिङ कारोबार बन्दको घोषणा 

दक्षिण कोरियाद्वारा रुससँग बैंकिङ कारोबार बन्दको घोषणा 

  • काठमाडौँ । दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो ।

    images
    images
    images

    यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । यसअघि अमेरिका र युरोपेली युनियन इयूले पनि रुसविरुद्ध यस्तै आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए ।

    यसबाहेक दक्षिण कोरियाले रुसको महत्वपूर्ण सार्वभौम सम्पत्ति कोष, ‘रुसी महासङ्घको राष्ट्रिय सम्पत्ति कोष’ र रुसको प्रत्यक्ष लगानी कोष एवम् रोशिया बैंकसँग कुनै पनि दक्षिण कोरियाली कम्पनीले कारोबार गर्न नपाउने व्यवस्था लागू गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij