
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । बेलायतको राजधानी लन्डनस्थित पब्लिक रिलेसन्स फर्म कोम्मसकोडटले मुल्यबृद्धिका कारण कर्मचारीमा आइपर्ने समस्या निराकरणका लागि कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको छ । लन्डनस्थित पब्लिक रिलेसन्स फर्म कोम्मसकोडटका व्यवस्थापन निर्देशक इलोना हिटलले मुलुकमा विद्युत् र पेट्रोलको मूल्यवृद्धिले आफ्ना कर्मचारीहरुलाई सक्दो सहयोग गर्ने निर्णय गरिन् ।
अप्रिलदेखि औसतमा ५४ प्रतिशत मूल्यवृद्धि भएर उर्जाको विल ६९३ पाउन्ड पुग्ने देखिएकाले हिटलले आफ्ना सशक्त कर्मचारीको १२ वटा टोलीका सबैलाई वार्षिक जनही ७ सय पाउन्ड तलव वृद्धि गरेकी छन् ।
बेलायतको ३० वर्ष लामो इतिहासमै पहिलो पटक गत जनवरीमा मुद्रा अवमुल्यनमा ५ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । जसका कारण उर्जा र इन्धनमात्र नभई खाद्य वस्तुको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।
रुसले युक्रेनमा गरेको आक्रमणका कारण पनि पेट्रोल र डिजेलको मूल्यवृद्धिमा सहयोग पुगेको बताइएको छ । हिटललगायत अन्य कम्पनीका बोसले पनि यस्तो समयमा आफ्ना कर्मचारीहरूलाई सहयोग गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij