
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडाैँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई शहरमा गरेको युद्धविराम स्थगित गरेका छन् । रुसी सेनाले युद्धविराम गरेको युक्रेनी शहर मारिओपोलमा पुनः गोलाबारी र बम हमला भएको छ ।
यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो शहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij