
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ — सले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि विश्व अर्थतन्त्र धर्मराएको छ । दुई मुलुकबीचको तनावले विश्वभरकै व्यापाररव्यवसायमा असर पुगेको छ । यसको बाछिटा नेपाली बजारमा समेत देखिने भएको छ । निर्यात व्यापारमा त्यति असर नपरे पनि आयात व्यापार भने प्रभावित बन्ने व्यवसायीहरू बताउँछन् ।
चालु आर्थिक वर्षका ७ महिनामा समग्रमा ११ खर्ब ४७ अर्ब रुपैयाँको आयात त्यसको प्रत्यक्ष असर भान्सासम्मै देखिने व्यवसायीहरूको भनाइ छ । त्यसमध्ये युक्रेनबाट मात्र १७ अर्ब १७ करोडको आयात भएको छ । यसमा पनि युक्रेनबाट खाने तेलको कच्चा पदार्थ अर्बौं रुपैयाँको आएको देखिन्छ । तर दुई मुलुकबीच जारी सशस्त्र द्वन्द्वले तेलको कच्चा पदार्थ आयातमा अवरोध पुगेको नेपाल वनस्पति घिउ तथा तेल उत्पादक संघका महासचिव अमित मोरले बताए ।
नेपाल आउने सूर्यमुखी तेलको कच्चा पदार्थमध्ये ९५ प्रतिशत हिस्सा युक्रेनको छ । बाँकी ५ प्रतिशत भने रसिया र अर्जेन्टिनाबाट आयात हुने संघको भनाइ छ । रुसले युक्रेनमा सैन्य कारबाही थालेपछि त्यहाँबाट भेसल्स (कच्चा पदार्थ बोक्ने कन्टेनर) आउन सकेका छैनन् । ‘सूर्यमुखी तेलको कच्चा पदार्थ बोकेका भेसल्स १२ दिनदेखि युक्रेनमै होल्ड भएका छन् । युद्ध नरोकिए एकरडेढ महिनापछि बजारमा खाने तेल अभाव हुन सक्छ,’ संघका महासचिव मोरले भने ।
भटमास तेलको कच्चा पदार्थ ब्राजिल र अर्जेन्टिनाबाट ९६ प्रतिशत आयात हुन्छ । ती मुलुकमा पनि कच्चा पदार्थको मूल्य अचाक्ली बढेको मोरेले जनाए । १५ दिनअघि प्रतिटन १५ सय डलर पर्ने कच्चा पदार्थ बिहीबार १८ सय डलर पुगेको थियो । शुक्रबार भने सामान्य घटेर साढे १७ सय डलरमा आएको संघले बताएको छ । ‘मूल्य बढेको छ, सामान कसरी मगाउने पनि चिन्ता पनि उत्तिकै छ,’ मोरले भने, ‘युक्रेनको विकल्प रसिया र अर्जेन्टिना हुन् । ती मुलुकमा पनि आपूर्तिकर्ता पाइएको छैन । भारतीय व्यवसायीसँग मिलेर आयात गर्नुपर्छ । त्यही पनि जटिल भएको छ ।’
सात महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार किलो सनफ्लावर तेलको कच्चा पदार्थ र ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ हजार किलो तोरी तेलको कच्चा पदार्थ आएको छ । ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार किलो भटमास तेलको कच्चा पदार्थ, ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार किलो सनफ्लावरको दाना आयात भएको विभागको विवरण छ ।
नेपालमा भटमास खेती २६ हजार हेक्टरमा गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यहाँ वार्षिक करिब ३४ हजार ४ सय ३४ टन भटमास उत्पादन हुन्छ । तेलहन ९तोरी, आलस, सनफ्लावर० खेती २ लाख ६१ हजार ४ सय ३२ हेक्टरमा हुन्छ । यसबाट वार्षिक २ लाख ७४ हजार ५ सय ४ टन तेलहन उत्पादन हुन्छ । तर उक्त उत्पादनले माग नधान्ने व्यवसायीहरू बताउँछन् । जसले गर्दा आयातमै भर पर्नुपरेको संघको भनाइ छ । यद्यपि आयातित कच्चा पदार्थ नेपालमा रिफाइन भई स्वदेशमा खपत भएर भारतमा निर्यातसमेत गर्ने गरिएको छ । यसैगरी युक्रेनबाट १ करोड १२ लाख रुपैयाँको १ लाख ६८ हजार किलो केराउ, १ करोड १९ लाख रुपैयाँको १ लाख १० हजार किलो जिरालगायत वस्तु पनि आएको विभागले जनाएको छ ।
नेपालबाट युक्रेन र रसियामा निर्यात हुने वस्तुले व्यापारमा भने त्यति प्रभाव नपार्ने जानकारहरू बताउँछन् । ‘युक्रेनबाट खाने तेलको कच्चा पदार्थ आउने हो । पर्याप्त मात्रामा आयात नहुँदा महँगी बढ्न सक्छ,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘निर्यात व्यापारमा भने त्यति समस्या नहोला । किनभने निर्यात नै कम हुन्छ ।’ विभागको विवरणअनुसार सात महिनामा युक्रेनमा करिब १५ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
रुससँगको निर्यात व्यापार करोडमा भए पनि आयात भने अर्बौं रुपैयाँमा छ । ७ महिनामा १५ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा ४ अर्ब ३१ करोड २८ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ । रुसबाट प्रिन्टिङ पेपर, सवारीसाधनका लागि मोबिल, केमिकल ९सोडियम फोस्फेट०, पशुजन्य भ्याक्सिन, स्याम्पु, बेबी लोसन, कस्मेटिक सामानलगायत आयात भएको छ । ७ करोड ३९ लाखको कार्पेट, ६ करोड १३ लाखको चियापत्ती, ३० लाखको अगरबत्ती, ११ लाखको कपडा राख्ने ह्यांगर, साढे ६ लाखको यार्चागुम्बालगायत वस्तु निर्यात भएको छ ।
रुसले विश्वबजारमा गहुँ निर्यात गर्ने गरेको ओझाले बताए । नेपालमा भने गहुँ भारतबाट आयात हुन्छ । तर दुई मुलुकबीचको युद्धले विश्वको आपूर्ति प्रणालीमा असर पर्दा गहुँको मूल्य पनि बढ्न सक्ने उनको भनाइ छ । ‘खाने तेलदेखि खाद्यवस्तुको भाउ बढ्दा हाम्रो जस्तो कमजोर मुलुकलाई धेरै असर गर्छ,’ ओझाले भने, ‘यसले मुलुकको अर्थतन्त्र, सर्वसाधारणको जीविकोपार्जनमा समस्या ल्याउँछ । त्यसैले स्वदेशमै उत्पादन हुने वस्तुको उत्पादन बढाउनेतर्फ ध्यान दिनैपर्छ ।’
रुस–युक्रेन युद्धले पेट्रोलियम पदार्थ, सुनको भाउलगायतको मूल्यमा पनि उथलपुथल पारेको छ । नेपालमा बिहीबार एकै दिन प्रतितोला २५ सय रुपैयाँ बढेर ९९ हजार पुगेको सुन शुक्रबार एक हजार रुपैयाँ घटेर ९८ हजारमा सीमित भएको छ । विश्वबजारमा कच्चा तेलको मूल्यमा पनि उतारचढाव आइरहेको छ । बिहीबार प्रतिब्यारेल १ सय ५ अमेरिकी डलरसम्म पुगेको कच्चा तेल शुक्रबार राति १० बजे ९७।२ डलर थियो । यसले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्यासदेखि हवाई इन्धनको मूल्यमा समेत असर पारेको छ । अहिले नेपालमा प्रतिलिटर पेट्रोलको मूल्य १४५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको वृद्धिले नेपालमा थप असर पुग्ने देखिन्छ । ‘इन्धन उत्पादन गर्ने मुलुकमध्ये रुस दोस्रो नम्बरमा पर्छ । रुस तेस्रो ठूलो निर्यातकर्ता पनि हो,’ ओझाले भने, ‘निर्यात नै प्रभावित भएपछि तेलको भाउ स्वाभाविक रूफमा बढ्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij