
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । ललितपुर महानगरपालिका सहकारी शाखाले सहकारी संस्था दर्तामा कडाइ गरेको छ । महानगरपालिका मातहतमा हाल ३३० वटा संस्था रहेकाले संस्था खोलीने मात्र तर जोखिममा पर्ने भएकोले नयाँ संस्था दर्ताका लागि कडाइ गरेको हो ।
महानगर अन्तर्गत उद्योग तथा सहकारी शाखा प्रमुख देव गुरागाईंले आफूहरुले संख्यात्मक भन्दापनि गुणात्मकतालाई जोड दिएकाले सहकारी दर्ता पूर्णरुपमा रोकिएको बताएका छन् ।
एउटै घरमा सहकारीका धेरै बोर्ड मात्र भएको तर प्रभावकारी व्यवस्थापन हुन नसक्दा विभिन्न किसिमका समस्याहरु आउने गरेकोले नयाँ सहकारी दर्तामा कडाइ गरिएको उनको भनाइ रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij