
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सेयरधनिहरुलाई बोनश सेयर वितरण गरेको छ । बैंकको मंसिर २९ सम्पन्न १३औँ वार्षिक साधारण सभाबाट पारित गरिए अनुसारको १० दशमलव ९३ प्रतिशत बोनश सेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपौयाँको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस सेयर कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
कर प्रयोजनका लागि नगद लाभांश समेत रहेकाले सदस्यहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । फागुन ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनश सेयर कम्पनीले सम्बन्धित सेयर धनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।
मंसिर १६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको कम्पनीले त्यसपछि सेयरअभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमशः जम्मा गर्दै जाने बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij