
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २,६६१ दशमलव ४४ को विन्दुमा कायम भएको छ ।
आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक २ दशमलव ८६ प्रतिशतले घटेको छ । आज ६ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १८५ वटा कम्पनीको शेयर मूल्य घटेका छ ।
आज दिनभरिमा २२९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ४१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय सस्थाको १४ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै आज प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको थियो । यो गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा थियो । कुल ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो अवधिमा ४१ कम्पनीको ८८ वटा कारोबार भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij