
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहीबार बाँडफाँट हुने भएको छ । आज दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएका बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
यसको प्री-लोटमेन्ट बुधबार सम्पन्न भएको हो । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij