
May 18 2025 | २०८२, जेठ ४ गते
ललितपुर/ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले न्यायपालिकामा देखिएको अवरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. महतले न्यायालयमा देखिएको अवरोध अड्चन हटाउन सांसदहरुले बाटो खोलिदिएको टिप्पणी गरेका छन् । ‘लामो समयदेखि सर्वोच्च अदालत अवरुद्ध थियो । त्यसबाट जनताले न्याय पाउने कुरा पनि अवरुद्ध भएको थियो । बार, सर्वोच्च अदालतका न्यायाधीश, प्रधानन्यायाधीशबीचमा छलफल गरेर अवरुद्ध प्रक्रियालाई समाप्त गरी न्याय सम्पादन कानुन, संविधान अनुसार अगाडि बढोस् भन्ने समग्र चाहना थियो । ‘ त्यो अनुसार अगाडि नबढेको अवस्थामा सांसद साथीहरुले यो अड्चन र अवरोधको बाटो खुल्नुपर्छ भन्ने मनसायबाट यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ’ उनले भने । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij