Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

पाटी विभाजनको कमजोरी खोज्न प्रचण्डको ध्यान

पाटी विभाजनको कमजोरी खोज्न प्रचण्डको ध्यान

  • ललितपुर/ नेकपा माओवादीले २७ औं जनयुद्ध दिवस मनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यान पाटी विभाजनको कमजोरी खोज्न तीर गएको छ । लामो समय जनयुद्धमा होमिएर आएको पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क-कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे खुला हृदयले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए । 

    images
    images
    images

    ‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, २७ औँ जनयुद्धको दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ । क–कसले कहाँ कहाँ के कति कमजोरी गर्‍यो रु खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’

    images

    माओवादीभन्दा बाहिरका क्रान्तिकारी, इमान्दार र परिवर्तनको पक्षधर कम्युनिस्ट पार्टीहरू पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । एकताबद्ध हुँदा समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सकिने प्रचण्ड बताउँछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij