
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्न लागेका छन् । हृदयेश त्रिपाठीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनले शुक्रबार जनता प्रगतिशील पार्टी नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
पार्टीका महासचिव ईश्वरदयाल मिश्रले दलको विधान, घोषणापत्रलगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएको जानकारी दिए ।
३० सदस्यीय कार्यसमितिमा १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनले जनाए ।
पार्टीको वरिष्ठ उपाध्यक्षमा डा. शिवजी यादव र तीन जना उपाध्यक्षमा हर्कलाल सिंह राजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा. भरतकुमार थापा रहेका छन् ।
यसअघि भएको प्रतिनिधिसभा चुनावमा त्रिपाठी सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij