
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनदबाब सिर्जना गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गराउन सफल भएको बताएका छन् ।
उनले स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै जनदबाबका कारण निर्वाचनको मिति घोषणा गराउन सफल भएको बताए । साथै उनले अब यसलाई सकार पार्नुपर्ने समेत बताएका हुन् ।
उनले भने, ‘संविधान कार्यान्वय हुन नदिने, लोकतन्त्रलाई उपहासको रूपमा लाने, सधैँ जालझेल, गलत तरिकाबाट सत्ता कब्जा गर्ने, त्यसको दुरुपयोग गर्न स्वार्थ र लाभहरू त्यसबाट प्राप्त गर्ने जस्ता कुरालाई स्थानीय तहको मिति घोषणा गराउने कामबाट हामीले ठूलो सफलता प्राप्त गरेका छौँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij