Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

अन्तिम चरणमा पुग्यो जावलाखेलमा निर्माणाधीन सुन्दर पार्क

अन्तिम चरणमा पुग्यो जावलाखेलमा निर्माणाधीन सुन्दर पार्क

  • ललितपुर । ललितपुरको जावलाखेलमा रहेको बसपार्कमा सुन्दर पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । ललितपुर महानगरपालिकाको सहयोगमा उक्त पार्क निर्माण हुन लागेको हो । करिब १ करोड रुपैयाँको लागतमा पार्क निर्माण भइरहेको निर्माण समितिका सचिव उज्वल कर्माचार्यले अनलाइन पत्रिकालाई बताए ।

    onlinepatrika
    Arghakhachi

    असोजको पहिलो सातामा निर्माण शुरु गरिएको पार्क एकमहिनाभित्र सकिने बताइएको छ । पार्क निर्माण पूरा गर्न थप बजेटको आवश्यकता देखिएको छ । निर्माण समितिका अध्यक्ष नविन रिसालले भने, ‘करिब १० लाख बजेट थप भएपछि आकर्षक सुन्दर पार्क बन्नेछ ।’

    AGNI GROUP

    ललितपुरलाई सुन्दर बनाउने लक्ष्य बोकेका नगर प्रमुख चिरिबाबु महर्जनपनि यो अभियानप्रति सकारात्मक नै छन् । निर्माण समितिका पदाधिकारीसँग नगर प्रमुख महर्जनले पार्क निर्माणस्थलमा स्थलगत भ्रमण गर्दै भने, ‘आनन्दले बसौं बसौं लाग्ने थलो निर्माण गर्नुहोला । यो अभियानमा मेरोपनि साथ छ ।’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij