Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

नेपाल-भारत सीमा दुई दिन बन्द

नेपाल-भारत सीमा दुई दिन बन्द

  • भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमानाका करिब ६० घण्टा बन्द हुने भएको छ । चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । १ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ छ । 

    images
    images
    images

    दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन् । 
    सीमापुलहरू दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल–भारत आवत जावतका लागि खुला हुन्छ । राति अत्यावश्यक कामका लागि मात्रै खोल्ने गरिएको छ । 

    images

    निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यस्थापनका लागि सहयोगसम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल गरिएको उनले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij