
May 18 2025 | २०८२, जेठ ४ गते
हृदयेश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ दर्ता गर्न प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ ।
हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ । यसैबीच त्रिपाठीलगायतका केही नेताहरुले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । अध्यक्ष त्रिपाठीसहितका नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर स्थानीय तहको नामांकन र सीमांकन बारे भएको निर्णय कार्यान्वयन गराउन माग गरेका हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij