
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । आज बुधबार दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ।
संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।
संसद् सचिवालय उच्च स्रोतका अनुसार अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेस गर्ने तयारी भइरहेका बेला दलबीच सहमति नजुटेपछि बैठक स्थगन गरेर हाे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij