काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोनामुक्त भएका छन् । पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । १२ दिन पनि कोरोना संक्रमणबाट मुक्त भएको भट्टराईले जनाएका छन् ।