Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विश्वभर काेभिड संक्रमण घट्दै

विश्वभर काेभिड संक्रमण घट्दै

  •  हाल विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो २३ घण्टामा १८ लाख ५४ हजारमा कोरोना पुष्टि हुँदा १७ लाख ३७ हजार निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड ५७ लाख ९९ हजारभन्दा धेरै भएको छ।

    AGNI GROUP

    यस्तै निको हुनेको सङ्ख्या ३१ करोड ४५ लाख ९८ हजार पुगेको छ। गत २४ घण्टामा ६ हजार ३ सय सङ्क्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५८ हजार नाघेको छ।

    अझै पनि ५ करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij