Jun 06 2026 | २०८३, जेठ २३ गते
युक्रेनमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले युरोपमा दुई हजार सेना पठाउने जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप दुई हजार सैनिक युरोपको सीमामा तैनाथ गर्ने निर्णय लिएको अधिकारीहरूले जानकारी दिएका छन् । उक्त टोली पोल्यान्ड, जर्मनी र रोमानियाजस्ता देशमा खटिने भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।
युक्रेनमाथि रुसले आक्रमण गर्ने आशंकाकाबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता युरोपमा थप सेना पठाउने निर्णय लिएका छन् ।
युरोपमा तैनाथ हुने अमेरिकी सैनिकले युक्रेनमा युद्ध गर्ने छैनन्, तर आफ्ना साझेदारहरूको रक्षाका लागि काम गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाको थप सैन्य परिचालनलाई रुसले भने विनाशकारी कदम भनेको छ ।
युक्रेनमाथि आक्रमणको तयारी गरिरहेको अमेरिकालगायत पश्चिमेली देशहरूको आरोपलाई रुसले अस्वीकार गर्दै आएको छ । युक्रेनको सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij