काठमाडौं । नयाँ र बढी संक्रामक प्रजातीको कोरोना भाइरस फैलिरहेको भन्दै ओमानले सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । ओमानस्थित नेपाली दुतावासका अनुसार ओमान जाने र ओमानबाट जाने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको छ।