
May 18 2025 | २०८२, जेठ ४ गते
प्रमुख प्रतिपक्ष नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएको छ ।
पाँच दलीय गठबन्धनको नेतृत्व सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले मुलुकको अर्थतन्त्र धरासयी बनाएको पनि आरोप लगाएको छ ।
‘सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ,’ एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेको १५ बुँदे वक्तब्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij