
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचन संविधान अनुसार नै गर्ने सैद्धान्तिक सहमति भएको बताइएको थियो । आजको बैठकले निर्वाचनबारे सरकारलाई गठबन्धनको साझा धारणा दिने बताइएको छ ।
गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रष्ट रुपमै स्थानीय तहको निर्वाचन अघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij