
May 18 2025 | २०८२, जेठ ४ गते
प्रधानमन्त्री शेरबहादुर देउवामाथि तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न दबाब परेको छ । पार्टीभित्र, प्रतिपक्ष, नागरिक समाज जताजतैबाट दबाब परेपछि राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीन तहको निर्वाचन एकैसाथ गर्नुपर्ने, नभए पहिले प्रतिनिधिसभाको निर्वाचन गर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका थिए ।
संविधानमा भएको व्यवस्था र निर्वाचन ऐन बाझिएकाले के गर्ने भन्ने विषयमा सरकारले ठोस निर्णय गर्न सकेको छैन । तर सरकारले ऐन संशोधनका लागि प्रक्रिया थालिसकेको बालुवाटार स्रोतले जानकारी दियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij